Tuesday, 18th August, 2026
वि.स.

उपचारका क्रममा वडाध्यक्षको निधन

death-body-1616831872.jpg

कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ । वडाध्यक्ष चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

‘घाटीमा मासु अड्केर बेहोस भएपछि उनलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘उपचारका क्रममा राति मृत्यु भयो ।’

पोष्टमार्टम रिपोर्टपछि यसबारे विस्तृत विवरण आउने उनले बताए । ‘वडाध्यक्षसहित आठ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएको भनिएको छ,’ थापाले भने ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif