Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

उद्योग विकासमा उर्जा व्यवस्थापनको महत्वपूर्ण भूमिका रहने– कटुवाल 

IMG_20170808_111954-1502245251.jpg

मकवानपुर उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघ, उर्जा दक्षता केन्द्रको संयुक्त आयोजनामा आज हेटौंडामा उर्जा व्यवस्थापन सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा उर्जा विज्ञ अशोक कपुरले सहजीकरण गरेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष कटुवालले लोडसेडिङ्गको मारमा परेका नेपालका कलकारखानाका लागि उद्योग विकासमा उर्जा व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । सचेतनामूलक कार्यक्रममा हेटौंडाका साना–ठूला उद्योग गरी करीब ३० भन्दा बढी उद्योगका व्यवस्थापक, उर्जा शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा चालु अवस्थाका उद्योगहरुले प्रयोग गर्ने इन्धन, विद्युतको चुहावट कम गरी आवश्यक उर्जा मात्र खपत गरी उद्योग सञ्चालन गर्ने विषयमा अन्तक्र्रिया समेत गरिएको थियो । देशका विभिन्न ४ शहर विराटनगर, भैरहवा, पोखरा र हेटौंडाको ३÷३ वटा उद्योगको उर्जा व्यवस्थापन नमूना परीक्षण समेत गरिने केन्द्रका प्राविधिक अधिकृत मिलभ श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा उद्योग संघका स्वागतराज प्याकुरेल, जीआइजेडकी उर्जा व्यवस्थापन लिड अडिटर रोजिना बाडे, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।  कार्यक्रमलाई जर्मन सरकार, जीआईजेड परियोजनाको सहयोगमा सम्पन्न गरिएको हो ।