Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

उत्तरी मकवानपुरको एसइईको पुरक परीक्षा जनकल्यणमा हुने

SEE-Exam-Nepal-1501585941.jpg

मकवानपुरको उत्तरी क्षेत्रका सरकारी तथा नीजि विद्यालयका एसइईको पुरक परीक्षा दिने विद्यार्थीहरुका लागि थाहानगरमै परीक्षा हुने भएको छ । 

यहि श्रावण १९ गतेबाट सञ्चालन हुने एसइईको पुरक परीक्षा जनकल्याण माविमा हुने भएको हो । जनकल्याणमा थाहानगरका सरकारी ११ र नीजि ४ विद्यालयका विद्यार्थीहरुले पुरक परीक्षा दिनेशछन भने कैलाश गाउँपालिकाका कमालादेवि मावि डाँडाखर्क र व्यास मावि गोगने तथा इन्द्रसरोवर गाउँपालिकाको सरस्वती बाल बोधनी मावि रहेका विद्यार्थीले पुरक परीक्षा दिने जनकल्याण मावि स्रोत केन्द्रका संयोजक सानोभाइ कार्की विकासखबरलाई जानकारी दिए । 

उत्तरी क्षेत्रको बिभिन्न विद्यालयहरुबाट पुरक परीक्षा दिनको लागि यसअघिसम्म हेटौडा जानुपर्ने बाध्यता रहेको थियो ।