Sunday, 23rd August, 2026
वि.स.

उत्तरी क्षेत्रमा आत्महत्या विकराल बन्दै

suside-1565179898.jpg

 मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिका क्षेत्रमा गतवर्ष आर्थिक वर्षको आत्महत्याको संख्या कहालिलाग्दोे  छ । आर्थिक वर्ष २०७५/०७६ मा यस क्षेत्रभित्र २० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा झुण्डीएर आत्महत्या गर्नेको संख्या ७ जना रहेको छ जसमा १ जना बालक र १ जना बालिका समेत रहेका छन् । यस्तै विष सेवन गरी आत्महत्या गर्नेको संख्या १३ जना रहेको छ । जसमा २ जना बालक रहेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख एल. बि. गुरुङले जानकारी दिए । थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिकाको १, ४ र ५ नम्बर वडा र कैलाश गाउँपालिकाको १, २ र ५ नम्बर वडा इलाका प्रहरी कार्यालय पालुङको कार्य क्षेत्र भित्र पर्ने स्थानहरु हुन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif