Monday, 17th August, 2026
वि.स.

उत्कृष्ट तीनमा पर्नेगरी काम गर्नू : डा. सर्वेश

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले हालसम्म सञ्चालन गरेको कामको समीक्षा गर्दै डाक्टर सर्वेश शर्माले आगामी वर्ष उत्कृष्ट तीनमा पर्ने गरी काम गर्न निर्देशन दिएका छन् । कार्तिक९ गते हेटौंडामा आयोजित जिल्लाका फोकल पर्सन तथा एनजिओहरुको  बैठकमा सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

राम्रो काम गरेर नतीजा सुधार गर्दै उत्कृष्ट बन्न स्वास्थ्यकर्मी, फोकल पर्सन सबैको भूमिका रहने भन्दै उहाँले फोकल पर्सनहरुलाई एनजिओ, स्वास्थ्यकर्मी सबैको साथ लिएर नतीजा सुधार गर्ने प्रयत्न गर्न निर्देशन दिएका हुन् । जिल्लामा काम गर्ने वातावरण राम्रो रहेको दावी गर्दै उहाँले विभिन्न वाहाना बनाउने काम बन्द गर्न कर्मचारीहरुलाई चेतावनी दिए । 

आफ्नो काम छाडेर भ्रमण जाने काम बन्द गर्न आग्रह गर्दै उनले त्यसरी गएको पाइए सेवा सुविधाबाट वञ्चित गर्नसक्ने दोहा¥याएका थिए । आफ्नो कामलाई पहिलो प्राथमिकतामा राख्न र काम समयमै सम्पन्न गर्नेमा सबैले ध्यान दिए जिल्लाको प्रगति राम्रो हुने उनले बताए । समस्या छ भने कहाँ के समस्या छ खुलस्त राख्न र आफ्नो जिम्मेवारी इमान्दरीपूर्वक पालना गर्न डाक्टर शर्माको निर्देशन दिए ।

आफू यस जिल्लामा रहँदासम्म सर्वसाधारणको स्वास्थ्यको अधिकारलाई कर्मचारीमार्फत पूरा गराउन सँधैं प्रयत्न गर्ने र जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याइने उनको भनाई छ । कार्यक्रममा मकवानपुर जिल्लामा स्वास्थ्यको क्षेत्रमा क्रियाशील जनरल वेलफेयर प्रतिष्ठान, मकवानपुर महिला समूह, नेपाल परिवार नियोजन संघ, प्लान, इटिएससी लगायतका गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सम्बन्धित संस्थाको चालु आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए ।

-शुभलक्ष्मी विक









Thaha-002-1774415222.gif