Friday, 3rd July, 2026
वि.स.

इन्द्रसरोवर गाउँपालिकाले बोयर जातको बोका वितरण गर्ने

boer-1604576239.jpg

इन्द्रसरोवर गाउँपालिकाले पालिकाका बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गर्ने भएको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्ययोजना अनुसार बोका वितरण गर्न लागेको गाउँपालिकाका पशु प्राविधिक नविनकुमार अधिकारीले बताए । गाउँपालिकाले प्रत्येक वडाका व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएका फर्म तथा व्यक्तिलाई बोका वितरण गर्ने उनले जानकारी दिए । 

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बोका वितरण गर्ने जनाएको छ । कृषकले अनुदान प्राप्त गर्न वडा कार्यालयमै निवेदन दिन सक्नेछन् । प्रत्येक वडाका २ जना कृषकलाई ३० देखि ३५ केजीको एउटा बोयर जातको बोका वितरण गरिनेछ । चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न लागेको यो कार्यक्रम गाउँपालिकाको नयाँ कार्यक्रम भएको सहायक पशु प्राविधिक अधिकारीले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०