Tuesday, 25th August, 2026
वि.स.

इन्द्रसरोवर गाउँपालिकामा समुदायमै कोरोना संक्रमित भेटिए

Indrasamudaya-1599615707.jpg

मकवानपुर इन्द्रसराेवर गाउँपालिकामा समुदायस्तरमै कोरोना संक्रमित भेटिएका छन् । २३ भाद्रमा इन्द्रसरोवर ४ मा ५६ वर्षिया एक महिलामा कोरोना पुष्टि भएको गाउापालिका अध्यक्ष जीवन लामाले जानकारी दिए । संक्रमित महिलाको नेपाल नेशनल हस्पिटल कलङ््कीमा पिसिआर परिक्षण गरेको थियो । उनको अहिले  मेघा हस्पिटल धोविघाटमा क्याबिवन वार्डमा राखेर उपचाररत भैरकेको छ । उनी अन्यत्रबाट नआएको र घरैमा बसेको अवस्थामा संक्रमण भएकोले समुदायमै संक्रमण देखिएको अध्यक्ष लामाले बताए । 

गाउँपालिका अध्यक्ष लामाले समु्दायमै पहिलो पटक कोरोना भाइरस देखिएको बताउँदै संक्रमितको शिघ्र स्वासथ्य लाभको कामना गर्दै कन्ट्याक टे«सिङमा रहनुहुने सबैलाई गाउँपालिकाका स्वास्थ्यकर्मीले दिएका सल्लाह सुझाव र निर्देशनलाई पूर्णरूपमा परिपालनाको लागि अपील गरेका छन् । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्येनजर गर्दै राज्यको तर्फबाट र गाउँपालिकाले समेत पटक–पटक गरेका अपिल, सूचना लगायतको आव्हानलाई विगतका दिनहरुमा अलि बेवास्ता गरेको परिणाम अब बिस्तारै देखिन थालिसकेको अध्यक्ष लामाले बताए । 

महामारीको यस अवस्थामा सुरक्षाका विधिहरु अपनाई नआत्तिई सुरक्षित भएर घरैमा बस्न गाउँपालिकाका बासिन्दालाई उनले आग्रह गरेका छन् । अध्यक्ष लामाले समुदायको तर्फबाट गर्नुपर्ने अनुशासनको पूर्णरूपमा परिपालनको अपेक्षा गाउँपालिकाले गरेको बताएकाछन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif