Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवर गाउँपालिकामा कर्मचारी स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

IMG_4940Thaha-times-1594913831.jpg

इन्द्रसरोवर गाउँपालिकामा कर्मचारी स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । इन्द्रसरोवर गाउँपालिकाले एक औपचारिक कार्यक्रमका बिच कर्मचारीहरुको विहिबार स्वागत तथा बिदाई गरेको हो । गाउँपालिकामा समायोजन भएर आउनु भएका लेखा अधिकृत राम सिं बस्नेत, नवनियुक्त असिस्टेन्ट सव इन्जिनियरहरु लाल बाबु यादब र शंकर सञ्जेललाई स्वागत सहित संघिय जलाधारमा समायोजन भई जान लाग्नुभएका कार्यालय सहयोगी सनत कुमार लामिछानेलाई बिदाई गरिएको हो ।

No description available.
इन्द्रसरोवर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष राजुमान महर्जनको आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीको संयोजकत्वमा  कार्यक्रममा कार्यक्रम भएको हो ।

No description available.
कार्यक्रममा बोल्नुहुँदै वडा नं २ का अध्यक्ष महर्जनले राष्ट्रसेवक कर्मचारी जहाँ रहेँपनि राष्ट्रकै सेवा गर्ने भएकाले जिम्मेवार भएर सेवा गर्नुपर्ने बताउनुभयो । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऐडीले कार्यक्रममा बोल्नुहुँदै नवनियुक्त कर्मचारीहरुले सबैसँग समन्वय र सहकार्य गरेर काम गर्न सुझाब दिनुभयो । साथै उहाँले बिदाई भएका कर्मचारीले कार्यसिलशिलामा भएका तिता कुरा भुलेर नयाँठाउँमा थप उर्जा र जिम्मेवारीको साथमा सेवा गर्न शुभकामना व्यक्त गर्नुभयो ।

No description available.

No description available.



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।