Friday, 3rd July, 2026
वि.स.

इन्द्रसरोवरमा सर्वोकृष्ट विद्यार्थी, शिक्षक र विद्यालय सम्मान

IMG_4241-Copy-1583426841.JPG

एस.इ.इ.परिक्षा २०७५ मा इन्द्रसरोवरमा नै उत्कृष्ट नतिजा ल्याएको श्री महाचुनी मा.वि. आज सम्मानित भएको छ ।  इन्द्रसरोवर गाउँपालिकाले गरेको एस.इ.इ.परिक्षा २०७५ मा सर्वोकृष्ट विद्यार्थी, शिक्षक र विद्यालय सम्मान कार्यक्रममा आज महाचुनी मा.वि.लाई २ लाख रुपैँया सहित सम्मान पत्र प्रदान गरिएको हो । यस्तै आजनै विभिन्न शिक्षक तथा विद्यार्थीहरु सम्मानित भएका छन् । सम्मानित हुनेमा इन्द्रसरोवरमा रहेका विद्यालयहरुको व्यवस्थापन समितिका अध्यक्षहरु मध्ये मै उत्कृष्ट हुँदै महाचुनी मा.वि कै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराज महर्जन सम्मानित हुनु भएको छ । भने प्रधानाद्यापनहरुमा पनि उत्कृष्ट हुँदै महाचुनी मा.वि. कै प्र.अ. शान्तलाल लामा सम्मानित हुनु भएको छ ।  

Manjari Balami को फोटो।
शिक्षक सम्मानमा ७ जना शिक्षकहरु सम्मानित हुनु भएको छ । जसमा महाचुनी मा.वि.का शिक्षक तथा प्र.अ. शान्तलाल लामा, महाचुनी कै शिक्षकहरु सरस्वती बलामी, बद्री प्रसाद सञ्जेल र शेखर कार्की सम्मानित हुनु भएको छ भने बत्सलादेवीका शिक्षिक शशिकला भण्डारी २ वटा विषयमा उत्कृष्ट भई सम्मानित हुनु भएको छ भने बत्सलादेवीकै शिक्षक सुन्दर गोइत, कालीदेवी मा.वि.का शिक्षक गोकर्ण भारती सम्मानित हुनु भएको छ । यस्तै बत्सलादेवी मा.वि.का छात्रा हार्दिका विष्ट र पञ्चकन्या मा.वि.का छात्र सृजन सापकोटा उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भएका छन् । सम्मानित हुने शिक्षक र विद्यार्थीहरु सबैलाई नगद १५÷१५ हजार रुपैँया प्रदान गरिएको इन्द्रसरोवर गाउँपालिकाका विद्यालय निरिक्षक धर्मानन्द पन्तले जानकारी दिनुभयो । 

Manjari Balami को फोटो।
२० औँ वर्ष शिक्षामा योगदान दिने शिक्षकको कसैले पनि मुल्याङ्ण नगर्ने विगतदेखिको परिपाटीलाई टोड्दै गाउँपालिकाले गरेको सम्मानको कामले शिक्षकहरुलाई प्रोत्साहन मिलेको चन्द्र प्रा.वि.का प्रधानाध्यापक लक्ष्मी रिमालले बताउनु भयो । इन्द्रसरोवर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष राजुमान महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष उमा कुमारी लामाको विशिष्ट आतिथ्यता रहेको थियो ।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।Manjari Balami को फोटो।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।