Monday, 17th August, 2026
वि.स.

इन्द्रसरोवरमा विपद् सुरक्षा वेस स्थापना गर्न एमाले सचेतक वर्तौलाको तदारुकता

IMG_20230921_182041-1695299825.jpg

मकवानपुर जिल्ला सदरमुकामबाट टाढा रहेको इन्द्रसरोवरमा हुन सक्ने विपद् जोखिम सम्वन्धी उद्धार तथा शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन सुरक्षा वेस स्थापनाका लागि एमाले सचेतक महेश वर्तोलाले चासाे देखाएका छन् ।

वर्तौलाले इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष देवकृष्ण पुडासैनीसहित उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति वस्नेतलाई भेटेर वेस स्थापनाका लागि जग्गा तथा भवन उपलव्ध गराउन अनुरोध गरेका छन् ।

इन्द्रसरोवर गाउँपालिका अध्यक्ष पुडासैनीका अनुसार राजमार्गमा हुन सक्ने विपद्का घटनाहरुमा उद्धार कार्य गर्न तथा बर्षेनी इन्द्रसरोवर तालमा डुवेका मानीसहरुको खोज उद्धार गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन सुरक्षा वेस स्थापना गर्न लागिएको हो ।

उनले थप वताए अनुसार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति वस्नेतलाई भेटेर इन्द्रसरोवर गाउँपालिकाको वडा नं. २ स्थित विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तथा प्रयोग नआएको २ वटा भवन सुरक्षा वेस स्थापनाका लागि माग गरिएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif