Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरमा भट्टाभट विकासे काम, अध्यक्ष आफै अनुगमनमा

001-1590726569.jpg

मकवानपुर इन्द्रसरोवर गाउँपालिकाकै दुर्गम क्षेत्र काप्राङ दाप्रङमा सडक विस्तार शुरु भएको छ । इन्द्रसरोवर ३ मा पर्ने उक्त क्षेत्रमा सडक विस्तारसंगै गाउ“पालिका अध्यक्ष जीवन लामा आफैले योजनाको अनुगमन गरेका छन् । 

गाउापालिका अध्यक्ष लामाले इन्द्रसरोवर १ मार्खु वडा कार्यालय र डुङगा सययर गर्न जाने मुख्य सडक स्ल्याप ढलानको तयारीको अवस्था, इन्द्रसरोवर ४ फाखेलमा निर्माणाधीन ऐतिहासिक फाखेलमैत्री पार्क जाने सडक, इन्द्रसरोवर ५ फाखेल ओडार टोल हुदै चन्द्रगढी छापडाँडा जाने सडकको पनि अध्यक्ष लामाले अनुगमन गरेका छन् । 

त्यस्तै इन्द्रसरोवर गापा वडा नं. ३ सिस्नेरीमा निर्माणाधीन महिला सहकारी भवनको पनि उनले अनुगमन गरेका हुन् । 
इन्द्रसरोवर गाउँपालिकाले कोभिड–१९ का कारण भएको लकडाउनका बेला पनि सुरक्षाका विधिहरु अपनाई विकास निर्माणका कामहरुलाई तिब्रताकासाथ काम गरिरहेको इन्जिनियर विमल मोक्तानले जानकारी दिए । 


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०