Friday, 3rd July, 2026
वि.स.

इन्द्रसरोवरमा प्रभावकारी बन्दै पशुसेवा कार्यक्रम

इन्द्रसरोवर गाउँपालिकामा अर्थिक वर्ष २०७६/०७७ का लागि पशु विकास शाखा अन्तर्गत विभिन्न आठ कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । शाखाले ए.आइ.कृतिम गर्भधाण निःशुल्क सेवा एक बरावर ३ पटकसम्म, किसानहरुलाई प्रोत्साहन स्वरूप पशु विमा कार्यक्रम अनुदान, गाईभैसी गोठ तथा खोर सुधार प्रति किसान ३० हजारका दरले २५ जनालाइ अनुदान, घाँसको विउ वितरण, पशु स्वास्थ्य शिविर, बाख्रा पालन तालिम तथा फर्म प्रोत्साहन कार्यकर्म, व्यावसायिक कुखुरा फर्म तथा किसानलाइ १२ हजार ५ सयका दरले २० जनालाइ अनुदान र विभिन्न खोप तथा औषधि वितरण लगायतका कार्यक्रमहरु रहेको पशु विकास शाखाका संयोजक अमृत गोपालीले बताए । 

कार्यक्रमको लागि कुल २४ लाख बजेट विनियोजन गरिएको छ तर आर्थिक वर्षको आधाआधि सकिँदा पनि प्रभावकारी रुपमा पशु विकासको कार्यक्रम हुन नसकेको पशुपालक किसानहरुले गुनासो गरेका छन् । 

हाल ए.आइ.कृतिम गर्भधाण र गाईभैसी गोठ तथा खोर सुधार कार्यक्रम सञ्चालनमा रहेको र घाँसको विउ वितरण कार्यमा निवेदन संकलनको कार्य भैरहेको उनले बताए। असार मसान्त सम्ममा सबै कार्यक्रम सकिने बताउँदै उनले अरु कार्यक्रमहरुको लागि धेरै समय नलाग्ने बताए । कार्यक्रम सञ्चालनका लागि विभिन्न प्रविधिक कठिनाइका कारण रकम निकासा नहुँदा सोचे अनुरुप कार्य गर्न नसकिएको प्रति उनले दुख ब्यक्त गरे । कार्यक्रमहरु आफ्नो शाखाबाट सञ्चालन भएको छ ति सबै प्रभाबकारी रुपमा किसान समक्ष पुगेको उनको दाबी छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।