Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरमा न्यायिक समितिको इजलास उद्घाटन

IMG_5549-1593233966.jpg

इन्द्रसरोवर गाउँपालिकामा स्थानीय सरकार सञ्चालन भएको २ वर्षपछि असार १२ गते न्यायिक समितिको इजलास उद्घाटन गरिएको छ । इजलासको अभावमा यसअघि न्यायिक समितिको संयोजक अर्थात गाउँपालिकाका उपाध्यक्षको कार्यकक्षबाटै न्याय सम्पादनको काम हुने गरेको थियो । स्थानीय तहको पुनसंरचना पश्चात स्थानीय तहमा नै मेलमिलाप र न्यायीक कार्यको सुरुवात गर्दै आएको इन्द्रसरोवर गाउँपालिकाले स्थानीय तह सञ्चालन भएको २ वर्ष पछि इजलास पाएको हो । अबदेखि इजलासबाटै गाउँपालिकामा गाउने मुद्दाहरु किनारा लगाउन सहज हुने न्यायीक समितिका संयोजक तथा उपाध्यक्ष उमा कुमारी लामाले बताउनुभयो ।

स्थानीय सरकार आएपछि गाउँपालिकाले उपाध्यक्ष लामाको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति गठन गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐनको दफा ४६ बमोजिम स्थानीय तहले विभिन्न १३ प्रकृतिका मुद्दा किनारा लगाउन सक्नेछ । गाउँपालिकाको न्यायिक समितिबाट किनारा लागाउन नसकेको मुद्दाहरु अदालती प्रक्रियाका लागि समितिले पठाउन सक्छन् ।

गाउँपालिकाको अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यतामा भएको इजलास कक्षको उद्घाटन समारोहमा समितिका संयोजक उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी, न्यायीक समितिका सदस्यहरु, वडा अध्यक्षहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।