Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरको वडैपिच्छे स्वास्थ्य शिविर

IMG_9360-1609212419.JPG

इन्द्रसरोवर गाउँपालिकाले आफ्ना जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ । गाउँपालिकाकाले ५ वटै वडामा ५ दिनको स्वास्थ्य शिविर सञ्चालन गरेर जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रम मार्फत गाउँपालिका भित्रका ३ सय ८० जना जेष्ठ नागरिकले स्वास्थ्य लाभ लिएका छन् भने न्यानो कपडाको रुपमा ८ सय ८० जनालेलाई फइबरको सिरक प्राप्त गरेका छन् । पौष महिनाको बढ्दो चिसोको समयमा आफ्नो स्वास्थ्य अवस्थाको जाँच सँगै औषधी र न्यानो कपडा पाएपछि खुशी हुँदै गाउँपालिकाले राम्रो काम गरेको जेष्ठ नागरिकहरुले बताएकाछन् ।

जेष्ठ नागरिक देशको सम्पती भएको बताउँदै त्यसको संरक्षण गरी उनीहरुबाट नयाँकुरा सिक्ने र भविष्यको लागि मार्गनिर्देशन पाउन सकिने कुरा सबैले बुझ्नु पर्ने वडा नं २ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक राजुमान महर्जनले बताफ । जेष्ठ नागरिकलाई परिवारका सदस्य तथा सन्तानहरुबाट अपहेलना हुने विद्यमान समस्यालाई निरुत्साहन गर्न गाउँपालिकाले जेष्ठ नागरिक लक्षित कार्यक्रम ल्याएको गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामाले बताफ । 

स्वास्थ्य जाँच गर्दा जेष्ठ नागरिकहरुमा धेरैजसो दम, ग्यास्ट्रिक र स्वासप्रस्वास सम्बन्धि समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मन्नुनाथ अधिकारीले बताफ ।  गाउँपालिकाको तथ्यांक अनुसार इन्द्रसरोवरको सबै वडामा गरी हाल करिब २८ जना पूर्ण अपांगता भएको व्यक्ति र ८ सय ५२ जना जेष्ठ नागरिकहरु रहेका छन् । गाउँपालिका भित्र रहेका जेष्ठ नागरिक र पूर्ण अपांगता भएका नागरिकहरुको स्वास्थ्य स्थितिको जानकारी लिँदा त्यस्ता नागरिकहरुको लागि अन्य कार्यक्रम तथा योजना बनाउन सहज हुने गाउँपालिकाका अध्यक्ष जीवन लामाको भनाइ रहेको छ । यस आर्थिक वर्षमा गाउँपालिका भित्रका ६० वर्ष देखि ७० वर्ष सम्मका जेष्ठ नागरिकहरुको गाउँपालिकाले बिमा शुल्क बेहोर्ने गरी स्वास्थ्य बिमा गर्ने योजना समेत गाउँसभाबाट पास गरिसकेको छ । स्वास्थ्य बिमा गरेपछि एक परिवारका ५ जना सम्मले वर्षमा एक लाख सम्मको स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने स्वास्थ्य शाखा संयोजक मन्नुनाथ अधिकारी बताउँछन् । 

नेपाल सरकारले ७० वर्ष पुरा भएका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आइरहँदा इन्द्रसरोवर गाउँपालिकाले भने जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै ६० वर्ष पुरा भएदेखि नै स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई अघि सारेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०