Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरको मार्खुमा विद्युत प्राविधकरणको एम पावर सफ्टवेयर संचालन

bjjj-1589167655.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले ईन्द्रसरोवरको मार्खुमा विद्युतीय प्रणाली मार्फत विद्युत महशुल तिर्ने व्यवस्था मिलाएको छ । पालुङ वितरण केन्द्रले मार्खुमै एम पावर सफ्टवेयर संचालनमा ल्याएर २८ वैशाखबाट ग्राहकका लागि सहज बनाएको हो । यसअघि ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा महिनाको २ पटक ६ दिन घुम्ती काउण्टरमा यस अघि मेनुअली मात्र विद्युत महशुल तिर्ने व्यवस्था गरिएको थियो । 

मार्खुको काउण्टरबाट पनि ग्राहकले आफ्नो लेजर, रिडिङ हिस्ट्री, लगाएतका सम्पुर्ण विवरणबारे जानकारी लिन सकिने भएको छ । मार्खुमा एम पावर शुरु भएसँगै पहिलो दिन मात्र २ सय ९७ ग्राहकले सो काउण्टरमा विद्युतिय प्रणलीबाट महशुल बुझाएका छन् । थाहा नगरपालिकाको ९ र १० नंम्बर वडा र ईन्द्रसरोवर गाँउपालिकाको सबै वडाका प्रधिकरणका ग्राहकले मार्खु काउण्टर मार्फत सुविधा लिईरहेका भए पनि घुम्ती काण्न्टरमा मेनुअल मात्र हुँदा कठिन भईरहेको र यस अघि मिटर रिडिङ बिलमा देखिएको अंक बाहेक पुरानो वक्यौता, मिटर रिडिङको अवस्था बारे विवरण थाहा पाउन ग्राहकलाई पालुङ धाउनुपर्ने बाध्यता अब टरेको वितरण केन्द्रका प्रमुख सन्तोष प्रसाद पन्तले बाताए । 

पालुङ वितरण केन्द्रले मार्खुमा प्रत्येक महिना १३, १४, १५ र २६, २७, २८ गते महिनाको २ पटक ६ दिन घुम्ती काउण्टर संचालन गर्दै आएको र विद्युतिय प्रणाली एम पावर सिस्टम जडान भए सँगै केहि प्राविधिक तयारी पुरा गरेर छिट्टै काउण्टर महिनाको ४ पटक संचालन गर्ने तयारीमा प्राधिकरण रहेको वितरण केन्द्रका लेखा प्रमुख प्रकाश दहालले बताए । एम पावर संचालनसँगै सो क्षेत्रका ग्राहकलाई अनलाईनबाट विद्युत महशुल बुझाउन पनि अब सजिलो हुने भएको छ । अहिले कोरोना कारण भएको लक डाउनको समयमा प्रधिकरणले अनलाईनबाटै महशुल तिर्न आग्रह गरिरहेको छ । 

प्राधिकरणले लकडाउनका समयमा कार्यालयसम्म आउन कठिन भएका कारण महशुल तिर्न नसकेका ग्राहकलाई छुट सहित जेष्ठ ६ गते भित्र विद्युत महशुल बुझाउन सकिने पनि जनाएको छ । लक डाउनका कारण कार्यालयको काउण्टरमा आउन कठिनाई भएका कारण १ लाख भन्दा बढी विद्युत महशुल भएका ग्राहकले कार्यालय सँग सम्पर्क गरेर बैंक मार्फत र १ लाख कम विद्युत महशुल भएका ग्राहकले अनलाईन बाट महशुल बmुझाउन सकिने व्यवस्था भएको पालुङ वितरण केन्द्रका आय प्रमुख विष्णुहरी नेपालले बताए । 

अनलाईनबाट महशुल भुक्तानी गरे अहिलेको अवस्थामा सुरक्षित हुन सकिने तथा समय र पैसाको पनि बचतहुने भएकाले अनलाईन प्रविधि मार्फत महशुल भुक्तानी गर्न प्राधिकरणले आग्रह गरिरहेको छ ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०