Friday, 21st August, 2026
वि.स.

इन्द्रसरोवरको बाढीपीडितलाई काँग्रेसको सहयोग

असार २७ देखि ३० सम्मको अविरल वर्षातपछि गएको बाढीपहिरोबाट मृत्यु भएका मकवानपुर ईन्द्रशरोवर गाउँपालिकाका ३ मृतकका परिवारलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले ८ साउनमा राहतस्वरूप ७५ हजार रुपियाँ सहयोग गरेको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले एक कार्यक्रमका बीच घरमै पुगेर राहतस्वरुप ३ मृतकका परिवारलाई ७५ हजार हस्तान्तरण गरेकी ह्ुन् । गत असार ३० गते अविरल वर्षाको कारण ईन्द्रशरोवर गाउँपालिका १ टौमाटकी एकै परिवारका आमा ४२ वर्षिया कान्छी रञ्जितकार र छोरी १७ वर्षिया बबिता बलामीको परिवारलाई ५० हजार रुपियाँ राहतस्वरूप सहयोग गरिएको हो ।

त्यसैगरी ८ साउनमै कांग्रेस मकवानपुरले ईन्द्रशरोवर २ हासुलीमा पहिरोले पुरिएर मृत्यु भएकी १६ वर्षिया श्रृष्टि डिमडुङको परिवारलाई २५ हजार राहतस्वरूप रकम सहयोग गरेको छ । त्यसैगरी ईन्द्रशरोबरका ३ जना मृतकको परिवारलाई दिव्यतारा सहकारी संस्था हेटौंडाले पनि राहतस्वरूप प्रतिपरिवार ५ हजारका दरले १५ हजार सहयोग गरेको छ । त्यस्तै ईन्द्रशरोबर १ टौमाटकी २ मृतकलाई ईन्द्रशरोबर डुंगा ब्यवसायी संघले ४० हजार सहयोग गरेको छ भने ईन्द्रशरोबर १ का वडा अध्यक्ष एवं कांग्रेसका जिल्ला सदस्य जमानसिं वाईबाले ५ हजार सहयोग गरेका हुन् । 

कार्यक्रममा कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, तरुण दल २ नम्बर क्षेत्रीय अध्यक्ष सुमन श्रेष्ठ, हेटौंडा ११ सभापति विष्णु खनाल, महिला संघ ईन्द्रशरोबर संयोजक निर्मला रुम्बा, कांग्रेस मकवानपुरका सूचना प्रमूख सुजन विडारी, स्थानीय समाजसेवीहरु कुलबहादुर केवी, कृष्ण बलामी, अच्युत विष्ट, नबिना बलामी, राजकुमार घिसिङ, मंगलदाश गोलेलगायतको उपस्थिति रहेको थियो । यसअघि ७ साउनमा थाहा ३ को बलामी परिवारलाई राहत दिईएको हो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif