Saturday, 22nd August, 2026
वि.स.

इन्द्रसरोवरको प्रशासनिक भवन निर्माणका लागि बाटो खुल्यो

Lallll-1584756610.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्ती गरेसंगै भवन निर्माणको बाटो खुलेको छ । गाउँपालिकाले ६ रोपनी १३ आना, एक पैसा दुई दाम जग्गा खरिद गरिएको गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी दिए । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत बजेटबाट प्रतिरोपनी पाँच लाखका दरले जग्गा खरिद गरिएको अध्यक्ष लामाले जानकारी दिए । प्रशासनिक भवन इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ खानीखेतमा निर्माण हुने लामाले बताए ।

इन्द्रसरोवर गाउँपालिकाले अहिले वडा नम्बर २ को साविक कुलेखानी गाविसको भवनबाट प्रशासनिक सेवा प्रवाह गर्दै आइरहेको छ । नयाँ प्रशासनिक भवन निर्माणका लागि स्थानीय पूर्वाधार बिकास तथा कृषि सडक विभाग (डोलिडार) मा प्रस्ताव पेश गरिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए । गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य निकट भविष्यमै थालिने लामाले बताए । जग्गा प्राप्तीसम्मको प्रक्रियामा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनीधि तथा कर्मचारी र सरोकारवालाप्रति अध्यक्ष लामाले आभार व्यक्त गरेका छन् । जग्गा प्राप्तीसंगै भवनको डिपीआर तयार गर्ने कार्य तत्काल प्ररारम्भ गरिने गाउँपालिकाका इन्जिनियर बिमल मोक्तानले बताए । 

यसैबीच गतवर्ष निर्माण भएको १ नम्बर वडा कार्यालयको चालु आर्थिक वर्षमै नयाँ कार्यालयमा सर्ने गरी फिनिसिङ गरिने भएको छ । यसका लागि ५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । त्यस्तै वडा नम्बर ४ र ५ को प्रशासनिक कार्यालय भवन निर्माणका लागि टेण्डर भैसकेको इन्जिनियर मोक्तानले जानकारी दिए । इन्द्रसरोवर गाउँपालिकामा पाँच वटा वडा रहेका छन् । वडा नम्बर ५ मा स्वासथ्य चौकी निर्माणको लागि पनि टेण्डर भैसकेको छ भने वडा नम्बर १ सानुमार्खुमा स्वास्थ्य इकाइ भवन निर्माण भैरहेको छ । 

त्यस्तै वडा नम्बर १ को मार्खुमा वडा कार्यालय, वडा नम्बर २ मा भालुखर्कमा स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भैसकेको छ । विद्यालय भवनहरु आवश्यकता अनुसार अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा निर्माणका चरणमा रहेको अध्यक्ष जीवन लामाले जानकारी दिए । वडा नम्बर ४ मा सामुदायिक भवन निर्माण हुँदै छ भने ५ नम्बर वडामा मर्मत कार्य भैरहेको अध्यक्ष लामाको भनाइ छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif