nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवर : तलाउ बन्यो कुलेखानीको गैरीखेत

IMG_20210702_101753-1625207267.jpg

मकवानपुर । केहीदिन देखि लगातार परेको पानीले खानीखेतकाे गैरीखेत डुबाएको छ । लगातारको अविरल झरीले इन्द्रसरोवर गाउँपालिका वडा नं. २ कुलेखानी स्थित खानीखेतको गैरीखेत डुबाएको हो । 


यहि असारको पहिलो साता भित्रै धान रोपाई सकिसकेको उक्त खेतमा अहिले पानीले तलाउ भएको छ  । बिगत केहीवर्ष देखि नै वर्षाको समयमा उक्त खेत डुवानमा पर्ने गरेको वडा अध्यक्ष राजुमान महर्जनले बताए । 


भौगोलिक अवस्थाले गर्दा उक्त खेतबाट पानीको निकासाको लागि समस्या भएका कारण प्रायजसो वर्षायाममा गैरीखेत तलाउमा परिणत हुने गरेको स्थानीय किसानहरुको भनाई छ । 
तस्विरमा यस्तो देखिन्छ गैरीखेतः–



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।