Tuesday, 25th August, 2026
वि.स.

'इनफ इज इनफ'का अभियन्ता ५ अभियन्ता प्रहरी नियन्त्रणमा

1-1596017728.jpg

 गृह मन्त्रालयमा सूचनाको हकको निवदेन दिन पुगेका पुकार बमलगायत ुइनफ इज इनफु अभियानका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई केहीबेरअघि महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले  जनाएको छ । 

पक्राउ पर्नेमा बमका अलावा प्रमेश श्रेष्ठ, समुद्र केसी, सुदन श्रेष्ठसहित छन् । उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको र उनीहरुले आफूहरुलाई गैरकानुनी तवरले पक्राउ गरिएको भन्दै उनीहरुले त्यहीं अनसन घोषणा गरेको विवेकशील नेपाली दलका आलोक सुवेदीले बताए । उनीहरुको फोन पनि प्रहरीले जफत गरेको सुवेदीले बताए ।

बमलगायतले मंगलबार अर्थमन्त्री र अर्थसचिव विरुद्ध अख्तियारमा उजुरी पनि दिएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif