nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आर्थिक पत्रकार न्यौपानेको निधन

आर्थिक पत्रकार सञ्जय न्यौपानेको उपचारको क्रममा २० कार्तिकमा ललितपुरमा निधन भएको छ ।  ४४ वर्षीय न्यौपाने दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील थिए । 

स्वर्गीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् । न्यौपाने गत वर्षदेखि एनाप्लास्टिक एस्ट्रोसिटोमा नामले चिनिने स्नायु प्रणाली सम्बन्धी रोगबाट पीडित थिए । उनी २०७० असारदेखि २०७२ चैतसम्म कारोवार दैनिकमा सम्पादक थिए । 

विकासखबर परिवारले दिवंगत न्यौपानेको आत्माको शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।