Tuesday, 25th August, 2026
वि.स.

आरडिटी परीक्षण रोक्ने तयारीमा सरकार

covide-test-1591946307.jpg

 सरकारले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)परीक्षण रोक्ने तयारी गरेको छ।

चौतर्फी आलोचना भएपछि सरकारले र्आरडिटी परीक्षण रोक्ने तयारी गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।प्रवक्ता गौतमले अब लामो समयसम्म क्वारेन्टाइनमा बसेकाहरूको मात्र एन्टिबडी भए–नभएको पत्ता लगाउन आरडिटी गर्ने तयारी गरिएको जनाएको छ ।

डा.गौतमले क्वारेन्टिनमा १४ दिन पुगेका मानिसहरू छन् र त्यहाँ नयाँ मान्छे नथपिएको अवस्थामा पनि पिसिआर परीक्षण गर्नु नपर्ने बताए ।उनी भन्छन,’नयाँ मान्छे थपिएको अवस्थामा मात्र त्यहाँ संक्रमणको जोखिम रहन्छ।’

मन्त्रालयले जारी गरकै कोभिड–१९ टेस्टिङ सम्बन्धी नयाँ निर्देशिकाले पिसिआर परीक्षणलाई कडाइ गरेको छ।निर्देशिकामा क्वारेन्टिनमा रहेकाहरूको लक्षण देखिए मात्र पिसिआर गरिने कुरा उल्लेख छ। विज्ञहरूले भने यो नीतिले संकट आउनसक्ने जनाएका छन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif