Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

आरडिटि पोजेटिभ देखिएका मकवानपुर प्रहरीको पिसिआर नेगेटिभ

test-kit-1590134022.jpg

मकवानपुरमा कार्यरत दुईजना प्रहरीको कोरोना रिर्पोट नेगेटिभ आएको छ । रातमाटेमा रहेको चेकपोष्टमा कार्यरत दुईजनाको बिहिबार आरडिटि पोजेटिभ देखिएपछि स्वाब परिक्षणको लागि हेटौँडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पठाइएकोमा उनीहरुको रिर्पोट नेगेटिभ आएको  अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणको समयमा फ्रन्ट लाईनमा बसेर काम गरिरहेका प्रहरीमा समेत कोरोना पुष्टि भैसकेको अवस्थामा मकवानपुरमा पहिलो पटक सुरक्षाकर्मीलाई आरडिटि पोजेटिभ देखिएको थियो । तर उनीहरु दुबैजनाको रिर्पोट भने शुक्रबार नेगेटिभ आएको हो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०