Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

काठमाडौंमा आमा-छोरी मृत फेला, श्रीमान अचेत

d-body-1606987599.jpg

काठमाडौंको गोकर्णेश्वरमा आमा(छोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी बिहीबार बिहान मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धकाप्रमुख  डीएसपी नवीन कार्कीले जानकारी दिए ।

शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको जानकारी कार्कीले दिए। 

घटनाको प्रारम्भिक अनुसन्धानमा राती सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने देखिन्छ । किरान पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

स्थानीयले खबर गरे लगत्तै प्रहरीको टोली गएर शेर्पा परिवार बसेको घरको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेको र बुवा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए ।

राति सुत्दा उनीहरूले हिटर बालेका रहेछन्, डीएसपी कार्कीले भने,  झ्याल ढोका सबै बन्द गरेर सुतेका रहेछन् । घटनाको प्रारम्भिक अवस्था हेर्दा उनीहरुको निस्सासिएर मृत्यु भएको हुनसक्छ । तर पनि यही कारणले मृत्यु भएको हो भनेर भन्न सक्ने अवस्था भने छैन । दुवैजनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाएका छौं।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०