Sunday, 23rd August, 2026
वि.स.

आमाको मुख हेर्ने दिन, मातातीर्थ मेला भने स्थगित

११ वैशाख (आज) आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनलाई आमाको मुख हेर्ने पर्वको रुपमा मनाउने गरिन्छ । यस दिनमा आमा भएकाहरुले आमाप्रति श्रद्धा, सम्मान र आदर गरी मिष्ठान्न भोजन खुवाउने र आशिर्वाद लिने गर्दछन् ।

यसपटक कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न बन्दाबन्दी भएकाले अरु बेला जस्तो माइती गएर आमा भेट्न तथा टाढा रहेका छोराछोरीले आमा भेट्न जान भने अप्ठ्यारो परेको छ ।

आमा नभएकाहरुले परपम्परा अनुसार तर्पण र पिण्ड दिने चलन छ । अन्य बेला काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने भए पनि यसपटक बन्दाबन्दीका कारण मेला स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

mata-tirtha-1587614646.jpg

फाइल फोटो