Saturday, 22nd August, 2026
वि.स.

आफ्नो जन्मदिनमा रायमाझीले गरे शैक्षिक सहयोग

Niraj-02-1582561679.jpg

पालुङ जेसीज वर्ष २०२० का उपाध्यक्ष निरज रायमाझीले आफ्नो जन्म दिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । 

उपाध्यक्ष रायमाझीको १२ फागुनमा परेको जन्म दिनको अवसरमा थाहा नगरपालिका वडा नम्बर ४ रुप्सेमा रहेको महांकाल प्राथमिक विद्यालयका २६ जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । 

जन्मदिनमा विभिन्न फजुल खर्च गर्नुभन्दा पनि बालबालिकाको शिक्षामा केही गर्दा आफूलाई सन्तुष्टी मिल्ने भएकोले यस्तो सामाजिक काम गरेको रायमाझीले बताए  । स्टेशनरी पाएपछि बालबालिकाहरुले खुशी व्यक्त गरेका थिए । 

शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालयका शिक्षकहरु पालुङ जेसीज वर्ष २०२० का  अध्यक्ष मनोज रायमाझी, निवर्तमान अध्यक्ष कुमार नेगी, महासचिव नवराज लामा, कोषाध्यक्ष संगम कार्की, उपाध्यक्ष विक्रम गोपाली, सदस्य विस्तार संयोजक सुविन्द्रमान प्रधानलगायत जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif