Tuesday, 25th August, 2026
वि.स.

आठ जनामा कोरोना देखिएपछि मनहरी बजार पूर्ण रुपमा सिल

manhari-1598092979.jpg

मनहरी–साउन ३२ गते संकलित स्वाब परिक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएपछि मनहरी बजार सिल गरिएको छ ।

गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार मनहरी बजारको उत्तरतर्फ मनहरी गाउँपालिका ७ ९साबिक राक्सिराङ० को आँपखोल्सीदेखि दक्षिणतर्फ मकवानपुर उद्योग बाणिज्य संघ भवन, पूर्वमा मनहरी पुलदेखि पश्चिममा इलाका प्रहरी कार्यालयमुनिको खोल्सीसम्मको क्षेत्रमा सिल गरिएको हो ।

सिल गरिएका क्षेत्रमा मानिसहरुको आवतजावत, ढुवानी हिँडडुल पूर्ण रुपमा बन्देज लगाइनेछ । त्यसैगरी सिल गरिएका क्षेत्रका मानिसहरु घरभित्रबाट बाहिर निस्कने नमिल्ने र बाहिरका मानिसहरु पनि उनीहरुका घर वरपर जान पाइने छैन । सिल गरिएका क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको गस्ती हुनेछ ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले संक्रमितहरुलाई मनहरी गाउँपालिका ८ स्थित आइसोलेसनमा व्यवस्थित ढंगले हेरचाह गर्ने, आइसोलेसन वार्डमा आकस्मिक सेवाका लागि रेडक्रम मनहरी उपशाखको एम्बुलेन्सलाई सदाबहार तयारी अबस्थामा राख्ने निर्णय गरेको छ । संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने र हरेक आइतबार, मंगलबार र बिहिबार स्वाब संकलन गरी जाँचका लागि पठाउने निर्णय गरेको छ ।

बैठकमा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, वडाध्यक्षहरु साधुराम अधिकारी, दिलबहादुर स्याङ्तान, ठाकुरराम तितुङ, गोपीलाल मुक्तान, नेकपा सचिव हेमलाल उप्रेती, नेपाली काँग्रेस सभापति नारायण उप्रेतीसहित मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापनि नारायण सुवेदी, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख श्रीशंकर श्रेष्ठ, शसस्त्र प्रहरी बल आइआरटी पोष्ट मनहरीका प्रमुख मानबहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif