Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आज सार्वजनिक विदा होइन

गृह मन्त्रालयलले फाल्गुनानन्द जयन्तीमा सार्वजनिक बिदा दिने सरकारी निर्णय नभएको जानकारी दिएको छ । गृहको सूचनासहितको सामाजिक सञ्जालमा सार्वजनिक भएको पत्र नक्कली रहेको गृहका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

‘किरात धर्मवालम्बी सरकारी कर्मचारीका लागी मात्रै बिदा हो, सबैका लागि सार्वजनिक विदाको कुनै निर्णय भएको छैन,’ प्रवक्ता पन्थीले भने ।