Saturday, 16th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आज सार्वजनिक विदा 

mukherjee-1478056195.jpg

भारतका राष्ट्रपति प्रणव मुखर्जीको  तीनदिने नेपाल भ्रमणका लागि आज आउँदैछन् । यस अवसरमा नेपाल सरकार मन्त्रीपरिषद निर्णयबाट आज सार्वजनिक विदा दिइएको छ ।

राष्ट्रपति मुखर्जी नेपाल रहँदा राजनीतिक दलका नेताहरुसँग  शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।  भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जाने कार्यक्रम छ । भारतीय राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते यहाँको भ्रमण गरेका थिए ।