nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आज यी ठूला नदीमा बाढीको खतरा

narayani-nadi1623818124-1625717293.jpg

आज कोसीका सहायक नदीहरु सुनकोसी, भोटेकोसी, तामाकोसी, दूधकोसी, अरुण, तमोर तथा नारायणी र यसका सहायक नदीहरु त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, माङ्दीलगायतमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान छ ।

कन्काई, कमला, वागमती, पूर्वी राप्ती, तिनाउ र तिनका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्नेछ । केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । आज पश्चिम राप्ती, बबईलगायतमा बहाव केही बढ्नेछ ।

आज बिहानको मापनानुसार नारायणी बढीगाड, रुद्रबेनी जलमापन केन्द्र र तमोर, मूलघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, सुनकोसी, सप्तकोसी, कालीगण्डकी, सेती खोला, रिदी खोलामा बहाव बढ्दो क्रममा रहेको र सबैमा सतर्कता तहभन्दा तलै रहेको जनाइएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव केही बढ्ने पूर्वानुमान छ ।

नदी तटीय र डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)