Tuesday, 18th August, 2026
वि.स.

आज यी ठूला नदीमा बाढीको खतरा

narayani-nadi1623818124-1625717293.jpg

आज कोसीका सहायक नदीहरु सुनकोसी, भोटेकोसी, तामाकोसी, दूधकोसी, अरुण, तमोर तथा नारायणी र यसका सहायक नदीहरु त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, माङ्दीलगायतमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान छ ।

कन्काई, कमला, वागमती, पूर्वी राप्ती, तिनाउ र तिनका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्नेछ । केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । आज पश्चिम राप्ती, बबईलगायतमा बहाव केही बढ्नेछ ।

आज बिहानको मापनानुसार नारायणी बढीगाड, रुद्रबेनी जलमापन केन्द्र र तमोर, मूलघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, सुनकोसी, सप्तकोसी, कालीगण्डकी, सेती खोला, रिदी खोलामा बहाव बढ्दो क्रममा रहेको र सबैमा सतर्कता तहभन्दा तलै रहेको जनाइएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव केही बढ्ने पूर्वानुमान छ ।

नदी तटीय र डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif