Wednesday, 26th August, 2026
वि.स.

आज पौने दुई बजे सगरमाथाको उचाइ घोषणा

sagarmatha-1607404445.jpg

आज अपरान्ह १ः ४५ बजे सगरमाथाको नयाँ उचाइ घोषणा हुँदैछ । सो घोषणाको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्दैछ ।

यस अगाडि भएको सहमति अनुसार नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्नेछन् । सन् २००५ देखि नेपाल र चीनको बिचमा उचाइको विषयमा विवाद उत्पन्न भएको थियो ।

तर हिउँको सतहलाई उचाइको आधार मान्नुपर्ने नेपालको प्रस्तावमा चीन सहमत भएको छ । यस अगाडि चीनले चट्टानलाई आधार मान्नुपर्ने बताउँदै आएको थियो ।

गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको समयमा उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । स्रोतका अनुसार सगरमाथाको उचाइमा केही वृद्धि भएको छ ।

हालसम्म सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक मानिँदै आएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif