nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आज नेपालको संविधान २०७२ जारी भएको दिन

गणतान्त्रिक नेपाल घोषणा भएपश्चात् नेपालीहरुले नेपालको संविधान संविधान जारी भएको दिनको स्मरण गर्दै आज संविधान दिवस मनाइदै छ । यस अवसरमा आज सार्वजनिक विदा दिइएको छ । सांसदहरुले संविधानसभाबाट पहिलो पटक संविधान जारी गरिएपछिको पहिलो संविधान दिवस दिवसको एक दिनअघि नै २ असोजमा मनाएको छ ।  गत वर्ष असोज ३ गते तत्कालिन संविधानसभाबाट संविधान जारी गरिएको थियो ।
संविधान जारी गरिएको दिनलाई विशेष उत्सवका रुपमा मनाउने घोषणा गरेको सरकारले तीन दिन संविधान दिवस मनाउने घोषणा गरेको छ ।

संविधान दिवसको अवसरमा ५३७ कैदीलाई माफी

संविधान दिवसको अवसरमा ५ सय ३७ कैदीको सरकारले कैद माफी गरेको छ । उनीहरू आज ३ असोजमा कैदबाट छुट्ने छन् । २ असोजमा बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको सिफारिस अनुसार बालबालिका र महिला बेचविखन, अवैध हतियार, बलात्कार, अपहरण, संगठित अपराध, भ्रष्टाचारलगायत गम्भीर प्रकृतिको अपराधबाहेक हकमा कार्यविधिले तोकेअनुसारको कैद सजाय काटेका कैदीको कैद मिनाहाको निर्णय गरेको हो ।
यसअघि गणतन्त्र दिवसमा सरकारले ८ हजार ८ सय ७ कैदीको कैद मिनाहा गरेको थियो । सरकारले असल चालचलन भएको, ६० प्रतिशत कैद भुक्तान गरिसकेको व्यक्तिलाई राष्ट्रिय दिवस पारेर कैद मिनाहा गर्दै आएको छ ।

मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सहसचिव विनोद केसीलाई सचिवमा र अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटालाई कामु सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

संविधान दिवसमा नेपालीलाई अमेरिकी राष्ट्रपति ओबामाको शुभकामना

अमेरिकी राष्ट्रपति बाराक ओबामाले संविधान दिवसको अबसरमा नेपालीहरूलाई शुभकामना दिएका छन् । ओबामाले संविधान दिवसको अबसरमा पठाएको सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली जनतालाई बधाई समेत दिएका छन् ।


ओबामाले आफ्नो सन्देशमा भनेकाछन्–‘यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा तपाईँ र नेपाली जनताहरूलाई बधाईज्ञापन गर्न पाए मलाई खुशी लागेको छ ।’ अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा समेत मलाई गौरवानुभूति भएको छ, अमेरिकी राष्ट्रपतिको सन्देशमा भनिएको छ ।
विनाशकारी भूकम्पको स्मरण गर्दै ओबामाले आफन्त गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका बताएका छन् । त्यस शोकका बीच पनि नेपालको भविष्यका लागि ठूलो आशा रहेको छ । दुःखद घटनालाई उज्ज्वल भविष्यको कामनाको बीचमा आउन नदिने यात्रामा हामी तपाईँ र सारा नेपालीहरूको साथमा छौँ, उनले भनेका छन् ।