Tuesday, 25th August, 2026
वि.स.
teej-dar-1597892940.jpg

हिन्दु महिलाले मनाउने तीज पर्व अन्तर्गत आज दरखाने दिन ।आज दर खाएर मनाइदैछ । विभिन्न मीठा मिठा परिकारका बनाएर नाचगान गरेर रमाईलो गरेर दर खाने चलन छ । हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरुले दर खाने चलन छ । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।

परापूर्वकालमा देवी पार्वतीले शीवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोली ब्रत बस्ने चलन रहेको छ ।

महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । यस अघिका तीजमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएकोमा यस बर्ष भने कोरोना महामारीका कारण त्यस्तो देखिएको छैन । एक महीना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधि हुने गरेको भएपनि कोरोनाले यसलाई यस बर्ष भने रोकेको छ ।

एक महीना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ ।

दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यस वर्षभने कोरोना महामारीका कारण तीजको चहल पहल देखिएको छैन भने पर्व मनाउने माहोल पनि देखिएको छैन । भिड भाड नगर्न र नाचगान नगर्न धेरै जसो स्थानीय प्रशासनले निषेध गरेकाले यस पटक तीज सुनसान देखिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

teej-dar-1597892942.jpg






Thaha-002-1774415222.gif