Thursday, 20th August, 2026
वि.स.

आजबाट फेरि ‘कमेडी च्याम्पियन’

maxresdefault-1024x576-1625207051.jpg

रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ फेरि सुरु हुने भएको छ । करिब दुई महिनादेखि रोकिएको शो १८ असार शुक्रवारबाट सुरु हुन लागेको हो । शोका निर्देशक विशाल भण्डारीले शो नियमित हुन लागेको जानकारी दिए ।

कार्यक्रम प्रसारणका लागि गत १३ असारमा उत्कृष्ट नौ प्रतियोगिताहरूको प्रस्तुति छायाँंकन गरिएको छ । त्यसक्रममा स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको निर्माण पक्षको दावी छ ।

कार्यक्रममा सेलिब्रेटी जजको रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर तथा रेखा थापालाई प्रस्तुत गरिएको छ । सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा भने नियमित जजको रुपमा रहेको शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी तथा राज घिमिरे हुन् । 

शोको पहिलो सिजन दर्शक रुचाएपछि दोस्रो सिजन पनि सुरु गरिएको हो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif