Wednesday, 19th August, 2026
वि.स.

आजबाट दुई महिना भिमफेदी-कुलेखानी सडक बन्द

vhimfedi-1611379459.jpg

हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाण्डौ प्रवेश गर्ने छोटो दूरीको सडक शनिबार देखि दुई महिनाका लागि बन्द भएको छ ।

निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड  शनिबारदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक बन्द गरिएको जानकारी दिए ।

भीमफेदी–कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । यो सडकखण्ड भएर ओहोरदोहोर गर्नेलाई वैकल्पिक सडक प्रयोग गर्न पनि उनले आग्रह गरे ।

भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाण्डौ आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif