Thursday, 2nd July, 2026
वि.स.

आग्रा स्वास्थ्य चौकी निर्माण गर्न समिति गठन

मकवानपुर थाहा नगरपालिका वडा नं. ८ मा रहेको आग्रा स्वासथ्य चौकीको भवन निर्माणका लागि समिति गठन भएको छ । वडा नम्बर ८ मा भएको स्थानीय वडाबासीहरुको भेलाले उत्तम थापालाई अध्यक्षमा चयन गरेको स्वास्थ्य चौकी प्रमुख लब थापाले जानकारी दिए । 

च्वाइस नेपालको ९० लाख र बाँकी थाहा नगरपालिकाको लगानीमा १ करोड ४६ लाखको लागतमा भवन निर्माण गर्न लागिएको स्वास्थ्य चौकी प्रमुख लब थपाले जानकारी दिए । भवन ८ कोठे हुनेछ । 

समितिको उपाध्यक्षमा बद्री थापा, सचिव मान बहादुर रूम्बा, सहसचिव  बलराम घलान, कोषाध्यक्ष सुमित्रा सापकोटा चयन भएका छन् । समितिको सदस्यहरुमा अर्जुन थापा, पुस्तम थापा, चमेली थापा, हिरा लामा, चमेली कार्की र कृष्ण बहादुर सापकोटा चयन भएका छन् । 

भेलाले वडा अध्यक्ष टिकाराम रुम्बाको अध्यक्षतामा अनुगमन समिति पनि गठन गरेको छ । समितिमा सुमन कार्की,  राजकुमार थिङ, गिता कामी, चमेली माया घलान, लबबहादुर थापा, जगत थापा, चेतनाथ घलान र बिनोद थापा सदस्य  रहेका छन् । भेलाले लेखा समिति पनि चयन गरेको छ । समितिमा अर्जुन थापा, प्रताप घिमिरे र पुस्तम थापा रहेका छन् । 

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०