Monday, 17th August, 2026
वि.स.

आग्राको पर्यटन प्रवर्द्धन गर्न मिनी महोत्सव हुँदै

aagra-1735278684.jpg

थाहा नगरपालिकाको वडा नं. ८ ऐसेलुखर्कमा मिनी महोत्सव सहित अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता सहित बिबिध सांस्कृतिक प्रस्तुती हुने भएको छ।

नमुना जनजागरण युवा क्लव र खेलकुद विकास समिती थाहा ८ को आयोजनामा प्रतियोगिता सहित बिबिध कार्यक्रम हुने भएको हो।
आग्राको पर्यटनलाई चिनाउनको लागि महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका सल्लाहकार रामकुमार घलानले बताउनुभयो ।

घलानका अनुसार हाल थाहा नगरपालिकाको वडा नं. ७ र ८ तथा तत्कालीन आग्रा गाबिसमा रहेको पौराणिक,ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलहरुको प्रचार प्रचार र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको बताए ।

आग्रामा डाँडाँबास पार्क,स्तम्भ डाडा बुद्ध पार्क,सप्तकन्या गुफा,काला कण्ठेश्वर महादेवको मन्दिर,गोक्सेखानी भग्नावसेस दरबार,बथानचुली झण्डाचुली,उन्यु चौर,कैलाश डाडा,६४ ज्योतिर लिङ्ग मध्यको एक कुटेश्वर महादेव,र नेपालकै तेस्रो झोलुङे पुल अवलोकन तथा घुमफिर गर्न सकिने घलानले बताए।
आयोजकले दिएको जानकारी अनुसार २८६१ औं सोनाम ल्होछारको अवसरमा कैलाश गाउँपालिका,राक्सिराङ गाउँपालिका,थाहा नगरपालिका,र थाक्रे गाउँ पालिका स्तरिय भलिबल प्रतियोगिता सहित कार्यक्रम हुने भएको हो ।

२०८१ पौष २८ गते देखि माघ २ गते सम्म थाहा नगरपालिका वडा न ८ को ऐसेलुखर्कमा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।
राष्ट्रिय कलाकारहरु गायिका शान्ता रानी परियार,जितु लोप्चन,बाबुकृष्ण परियार,सानू केसी,सर्मिला गुरुङ(सरु),रजनी लामा र डान्सर हरु ममता रानामगर,पुजा सुनार, सविना राई,उद्घोषक पिम्सरा आले मगर र राममाया वाइवा सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा तामाङ खाना,तामाङ संस्कृति झल्कने विभिन्न झाकी सहित बिबिध स्टलहरु रहने छ ।
महोत्सव आयोजनाबाट खेलाडी उत्पादन र पर्यटकीय क्षेत्रको उत्थान हुने आयोजकको बिश्वास रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif