Sunday, 23rd August, 2026
वि.स.

आग्राको देउखेलमा ‘बजार घर’ निर्माण हुँदै

deukhelllllllllll-1590070250.jpg

घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाको आर्थिक सहयोगमा थाहा नगरपालिका वडा नम्बर ७ मा ‘बजार घर’ निर्माण शुरु भएको छ । घरेलुको १० लाख रुपियाँ आर्थिक सहयोग र स्थानीयको श्रमदान समेत गरी ११ लाख ८७ हजार ९ सय ४३ रुपियाँको लागतमा भवन निर्माण थालिएको हो । 

थाहा नगरपालिकाले आवश्यकता पहिचान गरी उपलब्ध गराएको देउखेलमा ‘बजार घर’ निर्माण शुरु भैसकेको निर्माण समितिका अध्यक्ष बल बहादुर तामाङले जानकारी दिए । भवनमा स्थानीय उद्यमीले उतपादन गरेको वस्तु बिक्रिका लागि राखिने उद्देश्य लिइएको छ ।

थाहा नगरपालिकाको प्राविधिक सहयोग रहेको भवन निर्माणका लागि वैशाख ३० गते सम्झौता भएको हो । भवन असार १५ गतेभित्र निर्माण सक्ने योजना रहेको समितिका अध्यक्ष तामाङले जानकारी दिए । 

थाहा–७ मा निर्माण हुने ‘बजार घर’ले स्थानीयहरुलाई फाइदा हुने अपेक्षा लिइएको घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका निमित्त प्रमुख जगन्नाथ दाहाले बताए ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०