Friday, 21st August, 2026
वि.स.

आग्राका उपभोक्ता समितिलाई अनुशिक्षण

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ र ८ मा गठन भएका  उपभोक्ता समितिका पदाअधिकारीहरुलाई अनुशिक्षण दिइएको छ । 

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा संचालन गर्ने गरी नगरसभाले स्वीकृत गरेका योजनाहरुलाई सहज र व्यवस्थित रुपमा संचालन गर्नको लागि कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । 

थाहा–७, डाँडाबासमा भएको अनुशिक्षण कार्यक्रममा दुई वटा वडाका उपभोक्ता समितिका पदाअधिकारीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले सहजीकरण गरेका थिए ।  सहजीकरणका क्रममा प्रमुख प्रशासकीय अधिकृत पुरीले उपभोक्ता समिति गठनदेखि योजना संचालन तथा भूक्तानी प्रक्रियासम्मको विषयमा जानकारी गराएका थिए ।

थाहा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराम रुम्बाको सभाध्यक्षतामा भएको कार्यक्रममा ८ नम्बर वडा सदस्य सुमन कार्की, ७ का वडा सदस्य दिपेन्द्र थिङ, थाहा नगरपालिकाका इन्जिनियर सन्तोष बोहोरा, योजना शाखाका प्रकाश कुमार लामालगायतकाको उपस्थिती रहेको थियो । नगरपालिकाले यस किसिमको कार्यक्रम गत आर्थिक वर्षबाटै संचालन गर्दै आएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif