Sunday, 23rd August, 2026
वि.स.

आइसोलेशनमा रहेका थाहानगरका आठै जनाको रिपोर्ट आयो

corona-Update-1591501067.jpg

भारतको गोवाबाट आएका थाहा नगरपालिका वडा नम्बर ७ का आठ जनाको पिसिआर रिापेर्ट आएको छ । उनीहरुको हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा पिसिआर गराएकोमा रिपोर्ट नेगेटिभ आएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

पिसिआर रिपोर्ट नेगेटिभ आएका उनीहरुलाई नगरपालिकाले घरसम्म ल्याइदिएको छ । उनीहरुसंगै पन्जाबबाट आएका अरु २ जनालाई पनि रिपोर्ट नेगेटिभ आएपछि घर ल्याइएको छ ।

यसैबीच अब थाहानगर कोरोना क्वारेन्टाइनमा रहेका ३ जनको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा पठाइएकोमा उनीहरुको भने रिपोर्ट आउन बाँकी छ । 
 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०