Tuesday, 25th August, 2026
वि.स.

आंशिक सेवासहित मालपोत कार्यालय शिखरकोट खुल्यो (सूचना सहित)

sewa-Mal-1599801564.jpg

मकवानपुर थाहा नगरपालिकामा रहेको मालपोत कार्यालय शिखरकोटले आशिंक सेवा प्रदान गर्ने गरी कार्यालय खुलाएको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरकोे आदेश अनुसार दुईसातादेखि सबै सेवा प्रवाह बन्द रहेकोमा २६ भाद्रबाट आशिंक सेवा प्रवाह शुरु गरिएको कार्यालय प्रमुख मधु लम्सालले जानकारी दिए । कार्यालयले अर्को आदेश वा सूचना प्रकाशित नभएसम्मको लागि बैंक तथा वित्तिय संस्थासंग सम्बन्धीत दृष्टि बन्धक, धितो बन्धक तथा फुकुवा सम्बन्धी आवश्यक सेवा प्रवाह गर्ने मालपोत कार्यालयले सुचना जारी गरेर जानकारी दिएको छ । 

२५ भाद्रमा जारी सुचना अनुसार जनस्वासथय मापदण्ड अपनाउनु पर्ने उल्लेख छ ।
 
हेर्नुहोस सूचना



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif