Tuesday, 18th August, 2026
वि.स.

अाजबाट यमपञ्चक शुरु, पहिलो दिन काग तिहार

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार ३० असोजबाट शुरु भएको छ ।  ३० असोज पहिलो दिन काग तिहार मनाइँदैछ । कागलाई यमराजको दूत मानेर पूजा गर्ने र मिठा परिकार खुवाउने प्रचलन छ । कागलाई खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले तिहारलाई यम पञ्चक पनि भनिन्छ । आज पहिलो दिन काग तिहारसँगै आयुर्वेद चिकित्साका पिता धनवन्तरी जयन्ती पनि मनाइन्छ ।

यसैगरी १ कात्तिक गते कुकुर तिहार र नरक चतुर्दशी, २ कात्तिकमा लक्ष्मी पूजा, ३ कात्तिक गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं ४ कात्तिकमा भाइटीका परेको छ । यसपटक भाइटीकाको साइत ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif