Tuesday, 25th August, 2026
वि.स.

असोज २४ सम्म कर्मचारीको काज, सरुवा बन्द

MOFAGA-1600475988.jpg

असोज २४ गतेसम्मका लागि कुनै पनि कर्मचारीको सरुवा तथा काज सरुवा नहुने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै असोज १ गतेदेखि २४ गतेसम्म सरुवा तथा काज नहुने जनाएको हो । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन, आचार संहिता २०७७, जारी गर्दै प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सम्पन्न नभएसम्म निर्वाचनमा मतदाता हुने कर्मचारीको सरुवा, काज सरुवा लगायतका कार्य नगर्न नगराउन गरेको अनुरोधसँगै मन्त्रालयले ती कर्मचारीको काज, सरुवा रोकेको हो ।

गत सोमबार मात्रै प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मन्त्रालयहरूलाई पत्र पठाउँदै कर्मचारीको सरुवा नगर्न र भइसकेको भए रमाना नदिन निर्देशन दिएको थियो ।

आगामी २४ असोजमा हुने निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनावको तयारी तीव्र रूपमा अघि बढाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif