Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

असोज १ बाट थाहा नगरसहित जिल्लाभर सार्वजनिक यातायात संचालन होलान् ?

मकवानपुरमा असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको छ । २९ भाद्रमा जिल्ला प्रशासन कार्यलय मकवानपुरमा यस विषयमा छलफल भएको हो । यातायात ब्यवसायी तथा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालबीच भएको छलफलको क्रममा आगामी असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न सकिने विषयमा छलफल भएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले असोज १ गतेबाट मकवानपुरको सार्वजनिक यातायात सञ्चालनको विषयमा छलफल भएको बताउँदै कोरोना संक्रमणको दरको अवस्थालाई हेरेर असोज १ बाट सार्वजनिक यातायातको साधन सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा ३१ भाद्रको बैठकमा छलफल हुने बताए ।

प्रजिअ नेपालले भने–‘हामी पनि यातायातलाई रोकेर भन्दा पनि स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्नुपर्छ भन्नेमा छौ ।’ सार्वजनिक यातायात सञ्चालन नहुँदा यातायात ब्यवसायी निकै मारमा परेको भन्ने विषयमा ब्यवसायीहरुले गुनासो गरेपछि २९ भाद्रमा यातायात ब्यवसायी र प्रजिअबिच छलफल भएको हो ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०