Tuesday, 25th August, 2026
वि.स.

असोज १ गतेदेखि मकवानपुरमा सार्वजनिक यातायात संचालन हुने

bus1-1599974072.jpg

मकवानपुरको विभिन्न स्थानमा आगामी असोज १ गतेदेखि सार्वजनिक यातायात सेवा संचालन हुने भएको छ ।

असोज १ गतेदेखि जिल्लाको पालुङ, दामन, चित्लाङ, फापरवारी, भीमफेदी, मनहरी लोथर, हटिया र पदमपोखरीलगायत विभिन्न स्थानमा सामाजिक दुरी कायम गरी सार्वजनिक यातायात सेवा संचालन हुने भएको हो ।

त्यसको लागि कार्यतालिका बनिसकेको नारायणी यातायात व्यवसायी संघ मकवानपुरका अध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिए ।

नारायणी यातायात व्यवसायी संघको अनुरोध अनुसार भदौं २९ गते जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्रको बैठकमा आगामी असोज १ गतेदेखि जोर–विजोर प्रणालीमा यातायात संचालन गर्न अनुमती प्रदान गर्ने भएको अध्यक्ष श्रेष्ठले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif