Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

असारे विकासको अन्त्य गर्न जिसस प्रमुख खुलालको सुझाव

DCC-20-1602033722.JPG


जिल्ला समन्व्य समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले असारे विकासको परिपाटीमा सुधार ल्याउन सुझाव दिएका छन् । चालु आर्थिक वर्षको चौमासिक अनुगमनका क्रममा २० असोजमा जिल्लाको मकवानपुरगढी गाउँपालिको अनुगमनका क्रममा उनले असारे विकासका कारण समयमै काम सम्पन्न गर्न नसक्दा विभिन्न समस्याहरु आएकाले समयमै योजना कार्यान्वयन गर्न सुझाव दिए ।  

जिसस प्रमुख खुलाललले पहिलो चौमासिक योजना कार्यान्वयनका लागि पुर्व तयारीको समय भएकाले यो समयमा लागत स्टीमेट तयार गर्ने, उपभोक्ता समिति गठन गर्ने, सम्झौता गर्ने कार्य पुरा गरेर दोस्रो चौमासिकबाट बजेट कार्यान्वयनमा जान सुझाव दिए । उनले व्यवस्था परिर्वतन भए पनि अवस्था भने अझै परिर्वतन हुन नसकेको भन्दै पहिलेको जस्तै असारे विकासको शैलिलाई परिर्वतन गर्नु जरुरी रहेको बताए । उनले विकासको अवधारणा परिर्वतन गर्न जरुरी रहेको बताए । उनले असारे विकास कुरेर बसेकै कारण पनि यो वर्ष धेरै योजनाहरु कोरोना महामारीका कारण सम्पन्न हुन नसकेको भन्दै यसबाट पाठ सिक्दै आगामी वर्ष योजनाहरु समयमै सम्पन्न गर्ने गरि अगाडी बढ्न सुझाव दिए । 

प्रमुख खुलालले विकासको अवधारणा परिर्वतन गर्दै भौतक विकास मात्र नभई सामाजिक चेतना बृद्धि गर्ने तर्फ समेत ध्यान दिन समेत सुझाव दिए । उनले सभ्य समाज निर्माणमा ध्यान दिन, बालमैत्री स्थानीय तह निर्माण गर्न समेत आग्रह गरे । कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले जिल्ला सभाबाटै पारित गरिएको र प्रदेश सरकारले समेत बालमैत्री प्रदेश निर्माण गर्ने लक्ष्य लिएको भन्दै बालमैत्रीका ३९ वटा सुचिहरु पुरा गर्ने तर्फ लाग्न सुझाव दिए ।  

कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदर हुमागाईले जिल्ला समन्वय समितिबाट नियमित अनुगनका लागि आग्रह गरे । उनले नियमित अनुगमनले स्थानीय तहलाई पृष्टपोषण पाईने हुँदा यसको निरन्तरताकालागि आग्रह गरे । उनले गाउँपालिकाले संतुलित विकासको अवधारणा अनुसार भौतिक, सामाजिक र आर्थिक विकासमा सक्दो ध्यान दिएर दिगो विकास र सुशासन सहितको समृद्धि प्राप्तीका लागि काम गरेको समेत बताए । उनले असारे विकासको अन्त्य गर्न यो वर्ष चैत्र महिनासम्म सबै योजनाहरु सम्पन्न गर्ने गरि योजना बनाएको बताए । अध्यक्ष हुमागाईले विभिन्न समस्याहरुका विषयमा मकवानपुरका स्थानीय तहहरुले साझा धारणा बनाएर जानु पर्ने र यसमा जिससलाई सहजिकरण गर्न आग्रह समेत गरे । 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले चालु आर्थिक वर्षका लागि ६८ करोड २६ लाख ६३ हजार बजेट विनियोजित भएकोमा हाल सम्म करीब १० प्रतिशत बजेट खर्च भएको बताए । उनले चालु आर्थिक वर्षका लागि समयमै बजेट खर्च गर्नका लागि उपभोक्ता समिति गठन गरेर सम्झौताको क्रम समेत सुरु भइसकेकोले समयमै बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे । कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर ३ र ४ का वडाअध्यक्षले गाउँपालिकामा भौगोलीक विकटताका कारण खानेपानीको समस्या रहेको, गाउँबाट बसाईसराई गर्नेलगायतका समस्या रहेको बताए । यसका लागि गाउँपालिकाले व्यवस्थित कार्ययोजनाका साथ काम गरेको समेत उनले बताए ।  अनुगमन टोलीमा जिल्ला समन्वय समितिका सदस्य देवराज रिमाल, सिता अधिकारीलगायतको सहभागिता थियो । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०