Tuesday, 25th August, 2026
वि.स.

अबैध जडिबुटी सहित थाहा नगरका ३ जना पक्राउ

palung-1602845200.jpg

अवैध जडिबुटी सहित थाहा नगरका ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ  पर्नेमा थाहा नगरपािलका वडा नं.७ बस्ने बर्ष १९ को राज कुमार गोले, ट्रकमा सवार सोही ठाउ बस्ने ५१ बर्षका बुद्दिलाल थिङ्ग र १८ बर्षको रमेश थिङ्ग रहेको प्रहरीले बताएको छ । 

उनिहरुलाइ गैरीगाउँ राम्चे मोड स्थित अवैध किसिमले वन पैदवार जडिबुटी ट्रकमा लोड गरी ओसार पसार गरि रहेको छ भन्ने विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएका प्रहरी टोली तथा सव डिभिजन वन कार्यालय पालुङ मकवानपुरबाट खटिएका टोलीले बा ४ ख ९६३२ नम्बरको ट्रक सहित डाँडाखर्क तर्फ बाट डाँडाबास तर्फ आउदै गर्दा गैरीगाउँ राम्चे मोडबाट समातेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक बिकास तामाङ्गले जानकारी दिए  ।

पक्राउ परेका माथि आवश्यक अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरमा पठाईएको निरीक्षक तामाङ्गले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif