Saturday, 22nd August, 2026
वि.स.

अलपत्र परेका ४० जनालाई थाहानगरले गन्तव्यसम्म पठायो

onthe-way-1585623487.jpg

थाहा नगरपालिकाले नगर क्षेत्रमा रोजगारीको शिलशिलामा अन्यत्रबाट आई अलपत्र परेका ४० जनालाई उनीहरुको गन्तव्यसम्म पठाएको छ । थाहा नगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा इट्टाभट्टामा कार्यरत् २१ र आग्राका विभिन्न विद्यालय निर्माणमा काम गरिरहेका १८ जनालाई पर्सा तथा रुपन्देही सम्म पठाएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरसंगको समन्व्यमा उनीहरुलाई गन्तव्यसम्म पठाइएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

त्यसैगरी काठमाण्डौंबाट हिँडेर हेटौंडा जानका लागि थाहामा आइपुगेका ७६ वर्षिय रामप्रसाद पौडेललाई पनि गन्तव्यसम्म पठाइएको छ । उनी चार दिन लगाएर काठमाण्डौंबाट थाहानगर आइपुगेका थिए । 

थाहा नगरपालिकाले रोजगार वा अन्य शिलशिलामा थाहा नगरमा आई अलपत्र परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरसंगको समन्वयमा घरसम्म पुग्नको लागि सिफारिस गर्दै आएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif