Friday, 3rd July, 2026
वि.स.

अलपत्र नेपालीलाई घर फर्काउन एनआरएनएले रणनीति बनाउँदै

nran-1587367755.jpg

 विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पहल थाल्ने भएको छ। खाडीमा श्रम गरिरहेका नेपालीहरु बिचिल्लीमा परेका खबरहरु आइरहेका बेला संघले घर फर्काउने रणनीति तय गर्दै पहल थालेको हो।

संघको कोभिड–१९ उच्चस्तरीय समितिको बैठकमा संघका अभियन्ताहरुले विद्यार्थी, श्रमिक तथा विविध कारणले अवैधानिक रुपमा बस्दै आएका नेपालीहरुको अवस्थाबारे चिन्ता प्रकट गरेका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्यसम्म गैरआवासीय नेपालीहरुलाई यथास्थानमा रहन अनुरोध गरिरहेका बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिको बैठकभित्र सो विषयमा पनि छलफल भएको छ।

आइतबार कन्फ्रेन्स कलमार्फत् सम्पन्न बैठकमा एनआरएनए अध्यक्ष कुमार पन्तले कोभिड–१९ पछि दुईवटा क्षेत्रमा केन्द्रित रहेर काम सुरु गरिएको बैठकलाई जानकारी गराए। उनले भने, नेपालको सन्दर्भमा पहिलो चरणको स्वास्थ्य सामग्री हस्तान्तरण भइसकेको र दोस्रो चरणका सामान सोमबारसम्म हस्तान्तरण गरिने छ। 

पन्तले  साइप्रस, अष्ट्रेलिया, अमेरिकालगायत विदेशका विद्यार्थी र श्रमिक कोरोना भाइरसले प्रभावित भएको जानकारी गराएका थिए।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०