nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 15th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अमेरिकाको डिभी खुल्यो, यसरी भर्न सकिन्छ डिभि

सन् २०१९ को लागि डाइभर्सिटी भिसा (डि.भी)विविधता चिट्ठा खुलेको छ l सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता अवधि अक्टोबर ३, २०१७ (२०७४ असोज १७) मा पूर्वीय स्तरीय समयको मध्याह्न (नेपालमा स्थानीय समय अनुसार रातीको ९:४५ बजे) बाट खुलेको छ l

र नोभेम्बर ७ , २०१ ७ (२०७४ कार्तिक २१ ) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समय अनुसार रातिको १०:४५ बजे) बन्द हुनेछ । नेपाल स्थित अमेरिकन राजदुताबास ले आफ्नो आधिकारिक संजाल (वेब साइट )मा सूचना प्रकाशित गरेको छ l

अमेरिकन दुताबासले आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौ भनि सूचना टास गरेको छ l दुताबासले इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी गराएको छ

आवेदन नि:शुल्क भन्दै डि.भी. चिट्ठामा सहभागी हुनका लागि शुल्क लाग्दैन भनेको छ l यसको साथै आबेदन पत्र तथा अन्य कुराहरु थाहा पाउन मुनि दिइएका कुराहरु हेर्न अनुरोध समेत गरेको छ l

अमेरिकन दुताबास काठमाडौँले प्रकाशित गरेको सूचना जस्ता को तस्तै :

• कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।

• फारम अनलाइन भर्नुपर्ने : सन् २०१९ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा http://www.dvlottery.state.govमा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।

• पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

• एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।

• हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।

• आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।

• आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।

• तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे १,२०१८ (२०७५ वैशाख १८)

वा त्यसपछि http://www.dvlottery.state.govमा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, के कुरा स्मरण गर्नुहोस् भने छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन ।

तपाईँ डि.भी. विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन् । अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानु पर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzMमा दिइएको छ ।

डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारीका लागि http://www.dvlottery.state.govवा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट

https://np.usembassy.gov/visas/immigrant-visas/मा जानुहोस् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)