Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

imbost-1614563214.jpg

नयाँ सवारी साधन खरिद  गर्दै  हुनुहुन्छ  भने  सवारी  दर्तादेखि  नै  इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने हुन्छ । 

नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ  खरिद  गरिने  सवारी  साधनले  दर्तादेखि  नै  अनिवार्य  रूपले  इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने प्रावधान लागू गर्न लागिएको जानकारी दिए  ।  उनका  अनुसार  विभागले  यसै  महिनादेखि  नै  यो प्रावधान लागू गर्न लागेको हो ।

-गोरखापत्र दैनिक



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०